काठमाडौँ, भदौँ २९ । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिको लागि निवेदन दिन सूचना प्रकाशित गरेको छ ।
शुक्रबार एक सूचना जारी गर्दै ३५ दिन भित्रमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आयोगले आग्रह गरेको हो ।
यस आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम ३५ दिनभित्र स्थानीय तहबाट वडामा तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्न समेत आयोगले भनेको छ ।



