एजेन्सी, भदौँ २७ । एसिया कप क्रिकेटको फाइनलमा भारतले प्रवेश गरेको छ ।
सुपर फोर अन्तर्गत मंगलबार कोलोम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारत फाइनल पुगेको हो ।
सुपर फोरमा पहिलो खेलमा पाकिस्तानलाई हराएको भारत लगातार दुई खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ । अब भारतले बंगलादेशसँग खेल्न बाँकी छ । बंगलादेश लगातार दुई खेल हारेर यसअघि नै फाइनल होडबाट बाहिरिसकेको छ ।
अब पाकिस्तान र श्रीलंकाबीच हुने खेलबाट फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्ने भएको छ । यी दुईको विजेताले फाइनलमा भारतसँग खेल्ने छन् ।
कोलोम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले चार बल अगाडि सबै विकेट गुमाएर २१३ रन बनाएको थियो ।
२१४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमै सबै विकेट गुमाएर १७२ बलमा अलआउट भएको थियो ।


