मैत्रीपूर्ण खेलमा जापानसँग जर्मनी पराजित


एजेन्सी, भदौँ २४ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानसँग ४–१ ले पराजित भएको छ भने यससँगै जर्मनीका प्रशिक्षक हान्सी फ्लिक दबाबमा परेका छन् ।

जर्मनीको मैदान वुल्फ्सबर्गको फक्सवागन वोल्सवागेन एरेनामा भएको खेलमा जापानले जर्मनीमाथि सानदार जित निकाल्न सकेको हो ।
खेलको ११ मिनेटमा जुन्या इटोले गोल गर्दै जापानलाई अग्रता दिलाए पनि बायर्न म्युनिखका फरवार्ड लेरोय सानेले १९औं मिनेटमै बराबरी गोल फर्काएका थिए ।

त्यस्तै इटोकै पासमा २२औं मिनेटमा आयसे उएडाले गोल गर्दै जापानलाई पहिलो हाफमा २–१ को अग्रता दिलाउन सकेका थिए ।

त्यस्तै ९०औं मिनेटमा ताकुमा असानो र इन्जुरी टाइममा आओ तनाकाले गोल गर्दै जापानलाई ४–१ को जित दिलाउन सके ।

जर्मनीको पछिल्लो पाँच खेल मध्ये अहिलेसम्म चौथो पटक पराजय भएको हो भने सन् २०२० मा नेसन्स लिगमा स्पेनसँग ६–० ले पराजित भएपछिको यो सबैभन्दा ठूलो हार भएको छ ।

बायर्न म्युनिखका पूर्व प्रशिक्षक फ्लिकले अगस्ट २०२१ मा योकिम लोलाई प्रतिस्थापन गरेपछि आफ्नो २५ खेलमा जम्मा १२ खेल मात्रै जित्नसकेका छन् ।

जर्मनीका फुटबल निर्देशक रुडी भोलरले ४–१ को हारलाई ‘अपमानजनक’ को रुपमा चित्रित गरेका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार