आईसीसी महिला टी–२०ः थाइल्यान्डद्वारा नेपाल पराजित


काठमाडौँ, भदौँ २२ । नेपाली टोली आईसीसी महिला टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सेमिफाइनलमै हार बेहोरेको छ ।

मलेसियामा आज खेलिएको सेमिफाइनल खेलमा नेपाललाई थाइल्यान्डले ४६ रनले हराएको हो ।

पहिलो ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो भने जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १९.३ ओभरमा अलआउट हुनुअघि ५९ रन मात्र बनाउन सकेको थियो ।

सेमिफाइनलमा पराजित भएसँगै नेपालले ऐतिहासिक अवसर गुमाएको छ ।

जारी प्रतियोगिताको समूहगत चरणमा नेपाली टोली सेमिफाइनलमा पुगेको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार