काठमाडौँ, भदौँ २२ । मलेसियामा भइरहेको आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले थाइल्याण्डले नेपाललाई १०६ रनको लक्ष्य दिएको छ ।
बांगीस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २ विकेट गुमाएर १०५ रन बनाउँदै नकआउट भएको थियो ।
सुरूमै विकेट गुमाएपछि सुस्त सुरुवात गरेको थाइल्याण्डले ओपनर नानापात खोज्जारोएन्काईको अर्धशतक मद्दतमा सय रन कटाएको थियो। नानापात बोङ्खारोएन्काईले ६३ बल खेल्दै ४ चौका मद्दतमा अभिजित ५९ रन बनाइन् ।
यस खेलको पहिलो ओभरमै नेपालकी कविता कुँवरले थाइल्याण्डकी ओपनर सुवानान खाइआओटोलाई रुविना क्षेत्रीबाट क्याचआउट गराएकी थिइन् । तर त्यसपछि नानापात बोच्चारोएन्काई र नाथाकान चान्यमले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै रन उकासेका थिए ।
त्यस्तै १७औं ओभरमा पूजा महतोले काजल श्रेष्ठबाट क्याच आउट गराउँदै यो साझेदारी तोडिन् । चान्यमले ३१ रन बनाइन् भने नेपालक लागि कविता र पुजाले समान एक विकेट लिइन् ।


