कमलामा नगरस्तरीय कार्यालय उद्घाटन


जनकपुरधाम, भदौँ २२ । धनुषाको कमला नगरपालिकामा नेकपा माओवादी केन्द्रले नगर सम्पर्क कार्यालय स्थापना गरेको छ ।

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत कमला नगरपालिकाको विभिन्न वडा तथा टोलमा जनतासँग भेटघाटका क्रममा माओवादीका नेताहरुसँग गुनासा राख्दै कार्यालय स्थापना गरि पार्टीको गतिविधि सञ्चालन गर्न दवाव आएपछि नगरस्तरीय कार्यालय स्थापना गरिएको अभियानका कमाण्ड नम्बर २ का इन्चार्ज उदय बरबरियाले जानकारी दिए ।

कार्यालय स्थापना भएपछि जनताका गुनासा तथा कामकाजमा सहयोग गर्नका लागि प्रत्यक्षरुपमै भेटघाटसहितका कार्यका लागिसमेत सहज भएको छ भने जनताले प्रत्यक्षरुपमै नेता, कार्यकर्ता र जनतासँगको समन्वय सहकार्यका लागि सहज भएको उनको भनाइ छ ।

कार्यालय स्थापना भएपछि स्थानीय नेता कार्यकर्ताहरुसमेत खुसी छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार