चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा अञ्जनीकुमार झा


जनकपुरधाम, भदौँ २२ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झा नियुक्त गरिएको छ ।

मन्त्रिपरिषद बैठकबाट प्रा.डा. झालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रा.डा. झा भने नेपाली कांग्रेसनिकटका हुन् ।

आयोगको उपाध्यक्ष पदका लागि ९ जनाले आवेदन दिएको जनाइएको छ ।

वर्तमान उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको कार्यकाल यही भदाँै २५ गते सकिँदैछ । त्यसपछि प्रा.डा. झाले उपाध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार