कक्षा १२ को पूरक परीक्षा तालिका परिवर्तन


काठमाडौँ, भदौँ २१ । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति संशोधन गरिएको छ ।

यसअघि आउँदो असोज ६ र ७ गते सञ्चालन हुने भनिएको पूरक परीक्षाको मिति संशोधन गरी असोज ९ र १० गते तय गरिएको राष्ट्रिय परीक्षा बोर्डले एक सुचना प्रकाशित गर्दै जनाएको छ ।

बोर्डले सूचना जारी गर्दै परीक्षा तालिका संशोधन गरिएको जनाएको हो ।

असोज ९ गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरुको सबै विषय र दुई विषयमा परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड नम्बरको विषयको परीक्षा हुने छ । तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा पूरक परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा दिनुपर्ने राष्ट्रिय परीक्षा बोर्डको सूचनामा उल्लेख रहेको छ ।

त्यस्तै दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा असोज १० गते हुने जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार