जनकपुरधाम, भदौँ २० । जनतासँग माओवादी विशेष अभियान अन्तर्गत धनुषाको जनकनन्दिनी गाउँपालिकामा पनि तिव्ररुपमा अभियानलाई अघि बढाएको छ ।
जनकनन्दिनी गाउँपालिकामा अभियानलाई थप प्रभावकारी बनाउनका लागि नेकपा माओवादी केन्द्रले मुल समिति गठन गरिएको हो । बुधराम यादवको अध्यक्षता तथा युवा नेता उदय कुमार बरबरिया (यादव) को प्रमुख आतिथ्यमा जनकनन्दिनी गाउँपालिकाको वडा नम्बर ४ स्थित खजुरीमा भएको बैठकबाट मूल समिति गठन गरिएको हो ।
बुधराम यादवको सँयोजकत्वमा १३ सदस्यीय मुल समिति गठन गरेको छ । यस समितिमा सत्यजीवन यादव, पुहुपलाल यादव, संजीव गोइत, महन्था कामत, रामपृत कापर, गुलचन साह, अनिल गोहिबार, तनुकलाल खिरहर, लक्षणदेव यादव, सुधिर कुमार यादव, प्रभु मुखिया, सूर्यदेव गोरहानलगायतका रहेका छन् ।
नेता बरबरियाले यस अभियानबाट जनता र माओवादीलाई एकअर्कासँग सामिप्यता हुने र जनताले माओवादीबाट गरेको अपेक्षा पुरा गर्न तर्फ हामी लाग्नुको विकल्प नरहेको बताए ।
३ महिनासम्म कमला नगरपालिका र जनकनन्दिनी गाउँपालिकामा अभियान जारी रहने यस अभियानका कमला–जनकनन्दिनी कमाण्ड २ का इन्चार्जसमेत रहेका युवा नेता बरबरियाले बताए ।


