एमाले लुम्बनी प्रदेश अध्यक्षमा राधाकृष्ण कंडेल समुह निर्वाचित


बुटवल, भदौँ २० । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल निर्वाचित भएका छन् ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षका अर्का उम्मेदवार प्युठानका हरि रिजाललाई २ मतले पराजित गर्दै अध्यक्षमा कंडेल विजयी भएका हुन् ।

विजयी अध्यक्ष कंडेलले ४७९ मत प्राप्त गरेका छन् भने रिजालले भने ४७७ मत प्राप्त गरेका प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले जनाएका छन् ।

अध्यक्षमा निर्वाचित कंडेल एमालेका उपाध्यक्ष विष्णु पौडेल निकटका हुन् भने रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् ।

पदाधिकारीमा एक उपसचिवबाहेक अन्य सबै पदमा विष्णु पौडेल पक्षका कंडेल प्यानलकै उम्मेदवारहरु निर्वाचित भएका छन् ।

त्यस्तै उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मतसहित विजयी हुँदा रुपन्देहीकै विश्वराज बराल ३०६ मत पाएर पराजित भएका छन् ।

त्यस्तै खुल्ला उपसचिवमा रोल्पाका पूर्णबहादुर बुढामगर ४१८ मत पाएर निर्वाचित भएका छन् । भने उनी शंकर पोखरेल निकटका हरि रिजालको प्यानलबाट उम्मेदवार बनेका थिए । अर्का प्रत्यासी दुर्गाबहादुर चौधरी ३९३ मत पाएर पराजित भएका छन् ।

त्यस्तै महिला उपसचिवमा लिला राना ३५२ मत पाएर विजयी हुँदा प्रतिस्पर्धी बसन्ती अधिकारीले ३५१ मत पाएर पराजित भइन् ।

त्यस्तै पदाधिकारीमा एक उपसचिव पूर्ण बुढामगरबाहेक अन्य सबै पदान कंडेलकै प्यानलका उम्मेदवारहरु निर्वाचित भएका छन् । सचिवमा निर्विरोध निर्वाचित लक्ष्मण आचार्य पनि कंडेल पक्षधर हुन् ।

त्यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे निर्वाचित भएका छन् ।

एक हजार ५ मतदाता रहेको चुनावमा ९६५ मतदान भएको थियो । ४० जना प्रतिनिधि भने मतदानमा उपस्थित भएनन् । भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्यहरु निर्विरोध निर्वाचित छन् ।

५ पदाधिकारी र १५ जना खुल्ला सदस्य गरी प्रदेश कमिटी २०५ जना सदस्यीय रहेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार