एजेन्सी, भदौँ १६ ।
सुडानका संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष एवं सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल बुर्हानले वर्तमान युद्धबाट समस्या समाधान नभए देश टुक्रिन सक्ने चेतावनी दिएका छन् ।
उनले पूर्वी सुडानको रेड सी राज्यको राजधानी शहर पोर्ट सुडानमा सुडानी प्रहरी नेताहरुलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले आफूहरु देशमा युद्धको सामना गरिरहेको र यदि आवश्यकता अनुसार छिटो समाधान नभए देश टुक्रिन सक्ने खतरा रहेको बताए ।
उनले युद्ध अन्त्य गर्न जोड दिँदै युद्धपछिको व्यवस्थाका लागि तयार रहन नागरिकसँग आह्वान गरे । उनले अधैसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ)का लडाकुहरुलाई आफ्नो हतियारसहित आत्मसमर्पण गर्न आग्रह गरे ।
अन्तर्राष्ट्रिय समाचार संस्था सिन्ह्वाले जनाए अनुसार आरएसएफले दारफुर र खार्तुममा युद्ध अपराध गरेको र जिम्मेवार व्यक्तिहरु जवाफदेही बन्नुपर्ने बताए ।


