एजेन्सी, असार २५ । लगातार दुई दिनसम्म भारी वर्षातको बीचमा प्रशासनले दिल्ली एनसीआर र पश्चिमी उत्तर प्रदेशमा स्कुलहरू बन्द गरेको छ ।
गाजियाबाद, बागपत, मेरठ, शामली, मुजफ्फरनगरका जिल्ला मजिस्ट्रेटले कन्वर यात्रा र भारी वर्षातका कारण जुलाई १० देखि जुलाई १५ सम्म सबै विद्यालयहरु बन्द गर्दै विदाको घोषणा गरेका छन् ।
गौतम बुद्धनगरका जिल्ला अधिकारीले ट्विट गर्दै जुलाई १० गते भारी वर्षाका कारण सबै विद्यालयमा बिदा हुने जनाएका छन् । उत्तर प्रदेशका धेरै जिल्लाहरूमा वर्षाको सन्दर्भमा पहेँलो चेतावनी जारी गरेको छ । पश्चिमी उत्तर प्रदेशमा केही दिनदेखि लगातार वर्षात भइरहेको छ । सोमबार पनि यस राज्यमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।
भारी वर्षातका कारण नोएडामा १० जुलाईमा सबै विद्यालयहरू बन्द रहनेछन् । धेरै विद्यालयले यस अवधिमा अनलाइन पढाइ हुने म्यासेज गरेर अभिभावकलाई जानकारी गराएको छ ।
परीक्षा सञ्चालन हुने शामली जिल्लाका डिग्री कलेजहरूमा भने नियमित रूपमा परीक्षा हुने जनाइएको छ । बागपत जिल्ला मजिस्ट्रेट जितेन्द्र प्रताप सिंहले जुलाई १० देखि जुलाई ११ सम्म जिल्लाका सबै बोर्ड स्कुलहरू (१–१२ कक्षा) बन्द गर्ने आदेश दिए ।
कन्वर यात्राका कारण असार १२ देखि १५ गतेसम्म विद्यालयमा बिदा दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।


