जनकपुरधाम, असार २५ । समाजवादी मोर्चा नेपालका घटक जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले एमालेलाई संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्न दिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीलाई सम्बोधन गर्न समेत नदिएर संसद् अवरुद्ध गर्ने एमालेको कामले कसैलाई पनि फाइदा नपुग्ने उनले बताए ।
प्रमुख सचेतक यादवले एमालेले निरन्तर संसद् अवरुद्ध गरेर मुलुक झनै संकटमा फस्दै जाने अवस्था आएको जिकिर समेत गरे । उनले संसद् अवरुद्ध गरेर एमालेले सिंगो मुलुकलाई नै घाटामा पार्ने काम गर्न नहुने बताए ।
उनले प्रधानमन्त्री प्रचण्डले सबैलाई चित्त बुझाउने गरी संसदमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे जवाफ दिने भएकाले एमालेले त्यसमा अवरोध गर्न नमिल्ने बताए ।
उनले संसद् अवरुद्ध पार्नका लागि जनताले मत नदिएकोतर्फ पनि एमालेको ध्यानाकर्षण गराए ।


