महोत्तरी, १९ असार । महोत्तरीमा गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् ।
जिल्लाको रामगोपालपुर नगरपालिका वडा नम्बर–१ बसबिट्टि बजार बस्ने ३८ वर्षीय कौशल मण्डलले सोही ठाउँ बस्ने ४४ वर्षीय श्रवण यादवमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
मण्डलले यादवमाथि दुई राउण्ड गोली प्रहार गरेको इलाका प्रहरी कर्यालय रामगोपालपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक सुमन सिंहले जानकारी दिए ।
गोली लागेका मण्डललाई उपचारका लागि जानकी एकेडमी हस्पिटल पर्सादेवाडमा लगिएपनि त्यहाँ उपचार सम्भाव हुन नसक्दा थप उपचारका लागि जनकपुरधामस्थित जानकी हेल्थ केयरमा ल्याइएको छ ।
यादवमाथि गोली प्रहार गर्ने मण्डललाई पेस्तोल र ३ थान गोलीसहित प्रहरीले पक्राउ गरेको छ । उनलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाइएको छ ।


