काठमाडौँ, असार १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा जाने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले आगामी सेप्टेम्बरमा हुने भएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानममन्त्री प्रचण्डको भ्रमण आगामी सेप्टेम्बरमा हुने तय भएको जनाइएको छ ।
परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणले दुई उदाउँदा छिमेकी मुलुकबीचसँगको सम्बन्धलाई थप सुमधुर हुने बताए ।
आर्थिक रूपमा मात्रै होइन विश्वमहाशक्तिका रूपमा उदाउँदै गरेको प्रधानमन्त्रीको चीन भ्रमण नेपालका लागि फलदायी हुने बताए ।
उनले नेपाल दुई ठूला छिमेकी मुलुकको बीचमा रहेकाले दुवैतिर सन्तुलित सम्बन्ध राखेर राष्ट्रको हितमा काम गर्न सरकार तयार रहेको बताए ।
उनले उत्तरी छिमेकी चीन विश्वव्यापी रूपमा शक्ति राष्ट्रका रूपमा उदाइरहेको भन्दै त्यसको सकरात्मक सदुपयोग गर्न सकिने बताए ।


