एजेन्सी, असार १० । सुदीप्तो सेन निर्देशित अदा शर्मा स्टारर फिल्म ‘द केरल स्टोरी’ यस वर्षको ब्लकबस्टर फिल्ममध्ये एक हो । थिएटरको बक्स अफिसमा उत्कृष्ट व्यापार गरेपछि यस फिल्मलाई छिट्टै ओटीटीमा ल्याइयो । तर हालसम्म भने फिल्मले कुनै पनि ओटीटी प्लेटफर्म पाउन सकेको छैन ।
निर्देशक सेनले जनाएअनुसार अहिलेसम्म कुनै पनि ओटीटी प्लेटफर्मले फिल्मका लागि सही अफर गरेका छैनन् ।
उनले यस फिल्मले बक्स अफिसमा पाएको सफलताले कैयौँ वर्गलाई हैरान बनाएको बताए । त्यस कारण पनि मनोरञ्जन उद्योगका एक वर्ग उनीहरूको सफलतालाई सजाय दिन एकजुट भएको उनको आरोप छ । तर डिजिटल प्लेटफर्महरूले भने राजनीतिक रूपले कुनै पनि विवादास्पद वस्तुलाई अगाडि बढ्न नचाहेको जनाइएको छ ।
‘केरल स्टोरीले बक्स अफिसमा राम्रो प्रदर्शन ग¥यो । यद्यपि फिल्मको विषयवस्तुलाई मध्यनजर गर्ने हो भने दर्शकको एक निश्चित वर्गमा जबरजस्ती आक्रोश पैदा गर्न सक्ने खालको छ । यस तथ्यलाई हेर्दै कुनै पनि प्रमुख ओटीटी प्लेयर फिल्म लिन तयार छैनन्’, एक प्रमुख ओटीटी प्लेटफर्मका बजार व्यवस्थापकले भनेका छन् ।


