अपडेट: बेलारुसका राष्ट्रपतिको मध्यस्ततामो विद्रोह रोकियो


एजेन्सी, असार १० ।  वाग्नर सेनाका प्रमुख येभगेनी प्रिगोगिनले रुसको राजधानी मस्कोतर्फको पदयात्रा रोकेका छन् । रुस २४ न्युज च्यानलले जनाएअनुसार बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले वाग्नर आर्मीका प्रमुखसँग कुरा गरेपछि उनीहरुले मस्कोतर्फको पदयात्रा रोकेका हुन् ।
अलेक्जेन्डरले प्रिगोगिनलाई लडाकुहरूलाई मस्कोतर्फ जान रोक्न प्रस्ताव गरेपछि वाग्नर सेना प्रमुखले स्वीकार गरे । उनले अडियो सन्देश जारी गर्दै यसबारे जानकारीसमेत गराएका छन् ।
रुसी समाचार एजेन्सीले जनाएअनुसार क्रेमलिनका प्रवक्ता दिमित्री एस पेस्कोभले वाग्नर आर्मीलाई कारबाही नगर्ने बताए, जो रुसी सैन्य बिद्रोहमा सामेल रहेका थिए ।
इन्टरफ्याक्स समाचार एजेन्सीले रिपोर्ट गरे अनुसार शनिबार राति दक्षिणी रूसी शहर रोस्तोभमा सडकहरू फेरि खोल्न थालेका छन । बाग्नरका लडाकुहरूले रोस्तोभको सैन्य मुख्यालय खाली गरेका छन्, जुन वाग्नरको सेनाले यसलाई कब्जा गरेको थियो ।
एपीएन न्यूजका अनुसार वाग्नरका सेना प्रमुखले आफ्ना लडाकुहरूलाई युक्रेनमा रहेको फिल्ड क्याम्पहरूमा फर्कन आदेश दिएका छन् ।
यता वाग्नरको सेना राजधानीतर्फ अघि बढे पछि मस्कोले आफ्नो दक्षिणी भागमा सशस्त्र गाडीहरू र रूसी सेनाहरू सहित चौकीहरू निर्माण गरेको थियो। रेड स्क्वायरमा घेराबन्दी गरिएको थियो ।
रोयटर्सले जनाएअनुसार वाग्नर आर्मीका प्रमुखले अडियो सन्देशमा भनिएको छ, ‘उनीहरु (रुसी सरकार) वाग्नर मिलिटरी कम्पनीलाई खारेज गर्न चाहन्छन् । हामीले २३ जुनमा न्यायको लागि मार्च सुरु ग¥यौँ । २४ घण्टामा हामी मस्को सीमाबाट २०० किलोमिटर टाढा थियौँ । यस अवधिमा हामीले हाम्रा सैनिकहरूको रगतको एक थोपा पनि बगाउन सकेनौँ ।’

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार