टाइटनिक भग्नावशेष हेर्न गएकाहरु अझै भेटिएन


एजेन्सी, असार ७ । टाइटानिक जहाजको भग्नावशेष हेर्न मानिस बोकेको पनडुब्बी गत आइतबार दिउँसोदेखि नै बेपत्ता छ ।

बीबीसीले जनाएअनुसार पनडुब्बीमा केही घण्टा मात्रै अक्सिजन बाँकी रहेको छ । अमेरिकी कोस्ट गार्डले बिहीबार बिहानसम्म पनडुब्बीमा अक्सिजन सकिन सक्ने आशंका व्यक्त गरेको छ ।

क्यानडाको तर्फबाट खोजी कार्यमा संलग्न विमानले सोनार बोयको सहायताले केही आवाज सुनेको जनाएपनि पनडुब्बी भने अझै भेटिएको छैन ।

टाइटानिकको भग्नावशेष रहेको ठाउँ नजिकै यो रेकर्ड गरिएको थियो भने आवाजहरू लगभग ३० मिनेटको अन्तरालमा रेकर्ड गरिएको थियो ।

बेपत्ता जहाजमा पाइलट र ४ जना यात्रु सवार थिए । १८ जुनको दिउँसो समुन्द्रमा पसेको पनडुब्बी १ घण्टा ४५ मिनेटपछि राडारबाट हराएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार