आईसीसी विश्वकप छनोट: नेपालले आज वेस्ट इन्डिजको सामना गर्दै


काठमाडौँ, असार ७ । नेपालले पहिलो पटक विश्वकप क्रिकेट विजेतासँग आज क्रिकेट खेल्ने भएको छ ।

आईसीसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजसँग खेल्न लागेको हो ।

यो खेल नेपाली समय अनुसार अपरान्ह १२ः ४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुने जनाइएको छ ।

नेपालले यसअघि खेलेका दुई खेल मध्ये एकमा जीते छ भने अर्को एकमा हार ब्योहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिएपनि बलिङमा जम्न नसक्दा हारेका नेपालले अमेरिकालाई भने सानदार प्रदर्शनका साथ हराएको थियो ।

ओडिआई वरियतामा नेपाल १४ औँ र वेस्टइन्डिज १० औँ स्थानमा रहेका छन् । आजको प्रतिस्पर्धा नेपालका लागि निकै ठुलो अवसर रहेको जनाइएको छ ।

यस प्रतियोगितामा सहभागी १० टोलीमा शीर्ष दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउने भएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार