जनकपुरधाम, असार ६ । अन्तर्राष्ट्रिय योग दिवस जनकपुरधामसहित नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
प्रत्येक वर्ष जुन २१ तारिखका दिन अन्तर्राष्ट्रिय योग दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।
संयुक्त राष्ट्र संघ महासभाले सन् २०१४ मा गरेको निर्णयानुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाइदैँ आएको छ ।
नेपालमा वि.सं. २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसरमा योग दिवस मनाउन थालिएको थियो ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जनकपुरधामसहित तिरहुतिया गाछीमा बिहानैदेखि योगाभ्यासहरू भइरहेका छन् ।
विभिन्न विद्यालयका विद्यार्थीहरुलाईसमेत सहभागी गराई योगाभ्यासहरु गराइदैँ आइरहेको छ ।


