जनकपुरधाम, १ असार । शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्मालाई कालोमोसो दलिएको छ ।
शुक्रबार दिउँसो ७/८ जनाको समूहमा प्रमुख शर्माको कार्यकक्षमा पुगेका युवाहरुले उनीमाथि कालोमोसो दलेका हुन् । यद्यपी कालोमोसो दल्नेहरूको पहिचान भने खुल्न सकेको छैन ।
यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले प्रमुख शर्मामाथि कालोमोसो दल्नेहरूको पहिचान भइसकेको र उनीहरूको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।
उनले सीसीटिभी भुटेको आधारमा उनीहरूको खोजी भइरहेको बताए ।
शिक्षकको सरुवामा घुस खाएको भन्दै शर्मालाई कालोमोसो दलिएको स्रोतले जनाएको छ ।


