दार्चुला, ३२ जेठ । चेक बाउन्स गरी ठगी गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दार्चुलाको नौगाड गाउँपालिका–४ का वडाध्यक्ष कृष्णसिंह धामी रहेका छन् ।
उनले आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैंकको ३० लाखको चेक कैलाली बस्ने टेक कुँवरलाई दिएका थिए । तर, उक्त खातामा रकम नै नभएको भेटिएपछि उनले प्रहरीमा उजुरी दिएका थिए ।
सोही उजुरीपछि धामीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले जानकारी दिए ।


