तारापट्टीस्थित एक कपडा पसलमा आगलागी हुँदा लाखौंको क्षति


जनकपुरधाम, ३२ जेठ । धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित एक कपडा पसलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

जिल्लाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर–७ स्थित तारापट्टी चोकमा सोही नगरपालिका वडा नम्बर–६ बस्ने अकबर नदाफले सञ्चालन गरेको न्यू आरजु वस्त्रालयमा विद्युत सर्ट भई आगलागी भएको हो ।

स्थानीय रामबाबु साहको घरमा सञ्चालनमा रहेको सो कपडा पसलमा बिहीबार बिहान आगलागी हुँदा करिब ८० लाख बराबरको क्षति भएको पसलका सञ्चालक नदाफले जानकारी दिए ।

तारापट्टी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामनाथ यादवले प्रहरीलाई बिहान साढे ३ बजे आगलागीबारे स्थानीयले जानकारी दिएपछि धनुषाधाम नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाबाट बारुण यन्त्र मगाई आगो नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनले समयमै जानकारी हुँदा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार