रौतहट, ३१ जेठ । भारतमा बालश्रमिकको रूपमा कार्यरत चारजनालाई उद्धार गरी परिवारको जिम्मा लगाइएको छ ।
रौतहटस्थित गैरसरकारी संस्था सामुदायिक विकास तथा सचेतना नेपालको पहलमा बालश्रमिकका रूपमा भारतमा कार्यरत तीनजनालाई उद्धार गरी परिवारको जिम्मा लगाइएको हो ।
मुम्बईको एक ब्याग उद्योगमा कार्यरत नाबालकहरूको उद्धार गरी परिवारको जिम्मा लगाइएको सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी निर्देशक दिलीप कोइरालाले बताए ।
उद्धार भएका बालकहरूमा राजपुर नगरपालिकाका एकजना, वृन्दावन नगरपालिकाका एकजना र यमुनामाई गाउँपालिकाका एकजना रहेका छन् ।
उक्त संस्थाको पहलमा गत साउन यता २३ जना बालश्रमिकहरुको भारतबाट उद्धार गरिएको कोइरालाले जानकारी दिए ।
यसैबीच ताप्लेजुङ गौरादह नगरपालिका–५ का बुद्धिमान तामाङलाई पनि भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ ।
कामको सिलसिलामा भारत गई हराइरहेकोमा बिहारबाट उद्धार गरेर उनलाई आफन्तको जिम्मा लगाइएको हो ।


