बारा, ३१ जेठ । बाराबाट स्रोत नखुलेको १५ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीले विश्रामपुर गाउँपालिका–१ खेखरिया नाकाबाट स्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित एकजनालाई पक्राउ गरेको हो ।
भारतबाट बीआर ०५ वाई २६२४ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका भारतको पूर्वी चम्पारणका रामनिवास प्रसाद यादवलाई बीओपी बरैनियाले नियन्त्रणमा लिएको हो ।
यादवलाई बरामद रुपैयाँ र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको छ ।


