काठमाडौं, ३१ जेठ । सन्दीप लामिछाने श्रीलंकाको लंका प्रिमियर लिगमा अनुबन्ध हुन असफल भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर लामिछानेले आफ्नो मूल्य महँगो राखेपछि उनलाई कुनै पनि क्लबले नलिएका हुन् ।
यस संस्करणको एपीएल ३१ जुलाई अर्थात् साउन १५ गतेदेखि सुरु हुँदैछ ।
सन्दीपले चौथो संस्करणको लंका प्रिमियर लिगमा आफ्नो मूल्य ३० हजार अमेरिकी डलर अर्थात् झण्डै ४० लाख नेपाली रुपैयाँ राखेका थिए ।
सन्दीप क्यानडामा हुने ग्लोबल टी–२० लिगमा भने अनुबन्ध भएका छन् । उनीसँगै दीपेन्द्र सिंह ऐरी पनि टी–२० लिगमा भने अनुबन्ध भएका छन् ।
गएराति भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवारले र दीपेन्द्रलाई मोन्टेरियल टाइगर्सले अनुबन्ध गरेका हुन् । सुरेमा सन्दीपसँगै एलेक्स हेल्स, लिन्टन कुमार दासलगायत खेलाडी रहेका छन् ।
दीपेन्द्र आबद्ध मोन्टेरियलमा शकिव अल हसन, आन्द्रे रसेललगायत छन् ।


