नगराइन–२ का वडाध्यक्ष र वडासचिव घुससहित अख्तियारको फन्दामा


जनकपुरधाम, ३१ जेठ । धनुषाको नगराइन नगरपालिकाका एक वडाध्यक्ष र वडासचिव अख्तियारको फन्दामा परेका छन् ।

बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटेको टोलीले नगराइन नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत नारायण मिश्रलाई बुधबार साँझ पक्राउ गरेको हो ।

वडाध्यक्ष यादव र सचिव मिश्रले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ४० लाख रुपैयाँको योजनामा नगराइन–२ मा सडक निर्माण सम्पन्न भएपश्चात् सिफारिशवापत उपभोक्ता समितिका अध्यक्ष रोहित चौधरीसँग ७० हजार रुपैयाँ कमिशन मागेका थिए ।

अख्तियारको टोलीले चौधरीको उजुरीका आधारमा दुबैजनालाई पक्राउ गरेको बताइएको छ । पक्राउ परेका दुबैजनालाई आवश्यक अनुसन्धानका लागि अख्तियारको कार्यालयमा लगिएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार