काठमाडौं, २६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकको प्रतिलिपि झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
शुक्रबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरण भएको विधेयकको प्रतिलिपि झिकाउन आदेश दिएको हो ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उक्त प्रमाणीकरणविरूद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए ।
सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गरेको प्रमाणीकरण गराउन अनुरोध गर्ने जेठ १२ गतेको निर्णय र राष्ट्रपति पौडेलबाट जेठ १७ गते भएको प्रमाणीकरणको प्रतिलिपि राष्ट्रपति कार्यालय शीतल निवासबाट झिकाउन आदेश दिएको छ ।
जेठ ३० गते अन्तरिम आदेश छलफलको पेशी समेत तोकिएको छ ।



