राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित


काठमाडौं, २६ जेठ । राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ । अब राष्ट्रिय सभाको अर्को बैठक १० असारको दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।

शुक्रबारको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नहरूसँगै जवाफ दिए ।

अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिएसँगै राष्ट्रिय सभामा बजेटमाथिको सामान्य छलफल सकिएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार