जनकपुरधाममा तिन दिवसीय ‘विमर्श’ आरम्भ


जनकपुरधाम, २० जेठ । जनकपुरधाममा शुक्रबारदेखि तिन दिवसीय साहित्य महोत्सव ‘विमर्श’ सुरु भएको छ । सुन्दर जनकपुरधामको बारेमा प्रथम विमर्शबाट कार्यक्रमको शुरूवात गरिएको हो । ‘जनकपुरक समृद्ध ऐतिहासिकता आ वर्तमान : इएह छि अप्पन जनकपुर’ भन्ने शीर्षकबाट तिन दिवसीय महोत्सव आरम्भ गरिएको छ ।

मैथिली साहित्यमा केन्द्रित भएर अडहुल र चनमा जस्ता गोष्ठीहरुको सफल आयोजन गरिसकेको विमर्श फाउण्डेशनले जनकपुरधाममा शुक्रबारदेखि तिन दिवसीय साहित्य महोत्सव ‘विमर्श’ को आयोजना गरेको हो ।

विमर्श फाउण्डेशनको आयोजना र नेपोभिट टाइल्सको प्रायोजनमा शुक्रबारदेखि सुरु भएको महोत्सवमा आइतबारसम्म मैथिली भाषा, संस्कृति, समाज, पर्यावरण र साहित्यमाथि नेपाल र भारतका विशिष्ठ व्यक्तिहरुले परिचर्चा गर्ने फाउण्डेशनका अध्यक्ष विभा झाले जानकारी दिइन् ।

मैथिली भाषा र साहित्यसँग प्रेम र सद्भाव राख्ने झाले आफ्नो निजी खर्चमा यसअघि पनि दुईवटा आयोजनाहरु गरिसकेकी छन् । उनले मैथिली समाजका हरेक गतिविधिहरु दुनियाभर फैलाउन र समाजका गतिविधीहरु साँझ र पराती छुटिरहेको अवस्थामा त्यसलाई ज्वलन्त बनाउनु नै यस महोत्सवको मुख्य उद्देश्य रहेको बताइन् ।

तिन दिवसीय विमर्शमा जनकपुरधामक समृद्ध ऐतिहासिकता आ वर्तमान, कवि सम्मेलन, सांस्कृतिक संध्या, अतीतक आंगनमे भविष्यक अरिपन, मध्य–मैथिलीक सहायक क्रिया रुप, राजनीतिक अस्तित्व, मैथिली साहित्यक समकालीन परिदृश्य, मिथिलामे उद्योगक सम्भावना आ चुनौति, पुस्तक लोकार्पण आ परिचर्चा, मैथिलीक समकालीन कथा साहित्य आ नव पीढीक चुनौती, स्त्री विमर्श, जलाधार संरक्षण, समृद्ध मिथिलाक परिकल्पना आ नवतुरियाक भूमिका, दूनू पारक मिथिलाक लोकसम्बन्धक पुनरावलोकन, मैथिली साहित्यमे दलित चेतना, मैथिलीक दुनिया आ दुनियामे मैथिलीलगायतका शेसनहरु सञ्चालन गरिने कार्यक्रमका संयोजक विकास वत्सनातले जानकारी दिए ।

विमर्शमा प्रा.डा. रामावतार यादव, विजय कुमार सिंह दनुवार, नागदेव यादव, उमाकान्त झा, रामभरोस कापडि, डा. कमल मोहन, डा. रमानन्द झा, डा. अरुणाभ सौरभ, बालमुकुन्द, अजित आजाद, कथाकार अशोक, प्रदीप बिहारी, गुंजन श्री, डा. तारानन्द वियोगी, डा. अशोक कुमार मेहता, नित्यानन्द मण्डल, रोशन जनकपुरी, डा. राजेन्द्र विमल, महेन्द्र मलंगिया, परमेश्वर कापडि, प्रेमलता मिश्र प्रेम, डा. भीमनाथ झा, सीके लाल, मंचला झा, रीता साह, मनिका झा, प्रियंका झा, कुमारी श्रेया, बिभा झा, करुणा झा, रुपा झा, खुशबु झा, मंजु यादव, संजु रानी मण्डल, विभा रानी, रंजु यादवलगायतका वक्ताहरुले परिचर्चा गर्नेछन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार