जनकपुरधामका सामुदायिक तथा संस्थागत विद्यालयमा थप तिन दिन आकस्मिक गर्मी बिदा


जनकपुरधाम, २६ जेठ । जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा थप तिन दिन आकस्मिक गर्मी बिदा दिइएको छ ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाकी शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख अन्जु पाण्डेयले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएकी हुन् ।

जनकपुरधाम उपमहानगरपालिको निर्णयानुसार हाल बढ्दो अत्यधिक गर्मीको कारण वालवालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै बिदाको समयअवधि बढाइएको उनले जानकारी दिइन् ।

यसअघि जेठ १९ गते शुक्रबारदेखि २६ गते शुक्रबारसम्म ८ दिन वर्षे बिदाबाट कट्टा हुने गरी उपमहानगर अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रशासनिक कार्यबाहेक पठनपाठन बन्द गरिएको थियो । तर, मौसममा सुधार नआएकोले पुनः २७ गतेदेखि २९ गतेसम्म वर्षे बिदाबाटै कट्टा हुने गरी पठनपाठन बन्द रहने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार