एजेन्सी, २२ जेठ । बलिउड अभिनेत्री भाग्यश्रीले आफु नेपाल बारम्बार आउने बताएकी छन् ।
नेपाल सुन्दर देश भएको र सुन्दरताका कारण विश्वमा चिनिएको समेत उनको भनाइ छ ।
काठमाडौँमा आयोजित छैटौँ ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’मा अतिथिको रुपमा सहभागी हुन आएकी भाग्यश्रीले नेपाल सुन्दर देश भएपनि आफुले थोरै मात्र अवलोकन गर्न पाएकोमा गुनासो पोखिन् ।
उनले भनिन्, ‘नेपालको सुन्दरता मैले थोरै मात्र अवलोकन गर्न पाएको छु’ उनले भनिन् ‘फेरि बोलाउनुस् । म पुरै परिवार लिएर आउन चाहन्छु ।’ उनले अब नेपाल आउने जाने क्रम बारम्बार चलिरहने समेत बताइन् ।
‘भारतको ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ नेपालमा आयोजना राम्रो भएको उनले प्रतिक्रिया दिइन् ।
यसले दुई देश बीचको कलासंस्कृति आदानप्रदानमा महत्वपुर्ण भुमिका खेल्छ’ उनले थपिन् । कार्यक्रममा सहभागी हुन भाग्यश्री शनिबार मध्यान्न नेपाल आएकी थिइन् ।
यस कार्यक्रममा सहभागी अगाडि आइतबार उनले पशुपतिनाथको दर्शन समेत गरिन् ।


