नवाजुद्दीनले भने, ‘स्टार बन्नका लागि पैसा चाहिन्छ’


एजेन्सी, २२ जेठ । बलिउडका प्रतिभाशाली अभिनेता आफ्ना फिल्म मात्र होइन, ओटीटी सिरिजका कारण पनि चर्चामा छन् । बिना कोही गडफादर बलिउडमा आफ्नो जबर्जस्त स्थान बनाउन सफल भएका नवाजुद्दीनको जीवन्त अभिनयको सधैँ प्रशंसा हुने गर्छ ।

उनी कलाकारितामा प्रवेश गर्न चाहनेका लागि प्रेरणाको स्रोत हुन् । हालै एक भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा उनले ‘स्टार’ र ‘एक्टर’को भिन्नताबारे व्यख्या गरेका छन् ।

उनले एक्टर बन्न चाहने र स्टार बन्न चाहने दुवै खालका नवकलाकारका लागि केही टिप्ससमेत दिए ।

उनले भने, ‘एक्टिङका लागि यही भन्छु कि, आफ्ना लागि केही समय दिनुस् । राम्रा फिल्म हेर्ने गरे एक्टर अवश्य बनिन्छ । यदि स्टार बन्न चाहनुहुन्छ भने तपाईंसँग पैसा हुन जरुरी हुन्छ । तपाईंसँग ५०\६० करोड भयो भने स्टार बन्न चाहनुहुन्छ । यदि एक्टर बन्ने हो भने अभ्यासकै जरुरी हुन्छ । एक्टर फिल्म हेर्नका लागि फेस्टिभलमा जान सक्नुहुन्छ ।’

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार