रिलिज अघि नै आदिपुरुषले कमायो ४३२ करोड


एजेन्सी, २१ जेठ । प्रभास यस वर्षको सुरुदेखि नै आफ्नो आगामी फिल्म ‘आदिपुरुष’का लागि चर्चामा रहेका छन् । कहिले उनको फिल्मको ट्रेलर, कहिले पोस्टर, कहिले खराब भीएफएक्सको कारण त कहिले उनको लुक्सको कारण चर्चा हुनेक्रम रोकिएको छैन ।

कतिपय फिल्मको विषयवस्तुलाई उत्कृष्ट मानेका छन् भने अधिकांशले यसलाई ट्रोल गरेकासमेत गरेका छन् । यस फिल्मलाई बहिष्कार गर्ने बताउने ट्विटरमा धेरै छन् । फिल्म ठूलो बजेटमा बनेको छ र यसैबीच आदिपुरुषले रिलिज अगावै मनग्य कमाइ पनि गरेको खबर छ ।

मिडिया रिपोर्टले जनाएअनुसार आदिपुरुषले रिलिज हुनुअघि नै आफ्नो बजेटको ८५ प्रतिशत रिकभर गरिसकेको छ । बलिउड हङ्गामाको एक रिपोर्ट अनुसार, आदिपुरुषले आफ्नो ५ सय करोड भारतीय रुपैयाँ बजेटको ८५५ लगानीसहितको रकम आर्जन गरिसकेको छ । ओम राउतको फिल्मले ४३२ करोड भारतीय रुपैयाँ कमाएको बताइएको छ । आदिपुरुषले संगीत अधिकार र डिजिटल अधिकार जस्ता गैरथिएटर राइट्स मार्फत २४७ करोड रुपैयाँ सङ्कलन गरेको छ। यसबाहेक, फिल्मले दक्षिणमा आफ्नो थिएटर राइटबाट १८५ करोडको न्यूनतम ग्यारेन्टी पनि पाएको छ । बलिउड हङ्गामाको रिपोर्टमा प्रभासको आदिपुरुषले भव्य ओपनिङ गर्नेछ र रिलिजको पहिलो ३ दिन भित्र हिन्दी संस्करणबाट कम्तीमा १ सय करोड रुपैयाँ सङ्कलन गर्नेछ ।

आदिपुरुष संस्कृत महाकाव्य रामायणमा आधारित रहेको छ भने प्रभास र कृति सेननका अलावा सैफ अली खान र सन्नी कौशलको पनि महत्त्वपूर्ण भूमिकामा छन् । फिल्म यस वर्ष जनवरीमा रिलिज हुने तालिका रहेपनि गत वर्ष रिलिज भएको फिल्मको ट्रेलरले भीएफएस र सीजीआईले राम्रो समीक्षा नपाएपछि, निर्माताहरूले चलचित्रको रिलिज स्थगित गर्ने निर्णय गरेपछि अब यो चलचित्र जुन १६ गते प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार