बलिउड अभिनेत्री भाग्यश्री नेपालमा


काठमाडौँ, २१ जेठ । काठमाडौँमा आयोजना हुन लागेको एक समारोहमा सहभागी हुन् भारतीय अभिनेत्री भाग्यश्री शनिबार नेपाल आइपुगेकी छन् ।

त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल आउँदा खुसी लागेको प्रतिक्रिया दिइन् । ‘म नेपाल पहिले पनि आएकी थिएँ, मैले कुनै चाडपर्वको समयमा सपरिवार यहाँ आउने सोच बनाएकी छु”, उनले भनिन्, ‘मेरा चलचित्र आइरहेका छन्, हेर्नुस् र माया गरिदिनुस् ।’
उक्त समारोहमा सहभागी हुन भारतीय कलाकार रञ्जीन, विन्दु दाह्रा सिंह, कमेडियन ध्वनी पवारलगायतहरुसमेत काठमाडौँमा छन् ।

भारतको प्रतिष्ठित अवार्ड ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’मा सहभागी हुन उनीहरु नेपाल आएको जनाइएको छ । यस अवार्डको छैटौँ संस्करण रहेको जनाइएको छ ।

यसअघि भारतमा आयोजना भएको अवार्ड समारोह नेपालमा आयोजना हुँदैछ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार