मेसी र रामोसको बिदाइ खेल


एजेन्सी, २१ जेठ । लियोनल मेसी र सर्जियो रामोसको बिदाइ खेलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) को हार भएको छ ।

लिगको उपाधि जितिसकेको पीएसजी शनिबार राति भएको खेलमा क्लेमोन्ट फुटसँग ३–२ ले हार भएको हो ।

घरेलु मैदान पार्क डे प्रिन्समा पीएसजीले दुई गोलको अग्रता बनाए पनि जोगाउन नसक्दा पराजित भएका हो ।

यसअघि नै पेरिस क्लब छाड्ने घोषणा गरिसकेका मेसी र रामोसले पीएसजीका लागि अन्तिम खेल खेलेका छन् ।

पीएसजीका लागि अन्तिम खेल खेलेका सर्जियो रामोसले पाँचौ मिनेटमै गोल गरेका थिए भने केलियन एमबाप्पेले २१औं मिनेटमा गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाएका थिए ।

क्लेमेन्ट फुटका लागि जोन गस्टिनले २४औं र मेहदी जेफानले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै खेल बराबरीमा ल्याए ।
ग्रेजोन केईले ६३औं मिनेटमा विजयी गोल गरे ।

अन्तिम खेल हारे पनि च्याम्पियन पीएजीले ३८ खेलबाट ८५ अंक जोड्यो । दोस्रो स्थानको लेन्सले ८४ अंक जेडर लिग सकायो ।

कलेमेन्ट फुटबले ५९ अंक जोड्दै आठौं स्थानमा रहेर लिग सम्पन्न भएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार