रामोसले पनि पीएसजी छाड्ने


एजेन्सी, २० जेठ । प्रभावशाली स्पेनिस डिफेन्डर सर्जियो रामोसले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाड्ने भएका छन् ।

रामोस यो सिजन पीएसजी छाड्ने दोस्रो खेलाडी हुन् ।

यसअघि अर्जेन्टिनी स्थार लियोनल मेसीले पीएसजी छाड्ने निश्चित भइसकेको छ ।

३७ वर्षीय रामोस सन् २०२१ मा पीएसजीमा आबद्ध भएका थिए । उनले हालसम्म पीएसजीबाट ५७ खेल खेलेका छन् । पीएसजीमा रहँदा उनले दुई पटक घरेलु लिग फ्रेन्च लिगको उपाधि जितेका छन् ।

उनी स्पेनिस क्लब रियल म्याड्रिड छाडेर पीएसजीमा आबद्ध भएका थिए । ‘सर्जियो रामोसले पीएसजीलाई थुप्रै सफलता दिएका छन् ।

पीएसजीमा रहँदा उनको खेल क्षमता र ब्यवसायीकतामा प्रश्न गर्ने कुनै ठाउँ रहेन । पीएसजीले उनको योगदानको उचित मूल्याङ्कन गर्नेछ,’ पीएसजीका अध्यक्ष नासिर अल खेलाइफीले भनेका छन् ।

रामोस स्पेनिस राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी पनि हुन् । उनले स्पेनलाई विश्वकपको उपाधि पनि चुमाएका छन् । त्यस्तै उनले स्पेनिस राष्ट्रिय टोलीबाट दुई पटक युरो कपको उपाधि पनि जितेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार