१० फिल्ममध्ये कसले पाउलान् ओस्कार अवार्ड


एजेन्सी, २० जेठ । प्रतिष्ठित भेराइटी म्यागजिनले सन् २०२४ को ओस्कार अवार्डका लागि फिल्महरु छनोट गर्न थालिएको छ । सर्वश्रेष्ठ फिल्म विधाको प्रक्षेपण मनोनयन प्रस्तुत गर्दै भेराइटीले १० फिल्मलाई बलियो दाबेदारको रुपमा पेश गरेको छ । आगामी ओस्कारका लागि यो पहिलो प्रक्षेपण रहेको जनाइएको छ ।

सूचीमा नेटफ्लिक्सको फिल्म ‘माएस्ट्रो’, एप्पल र प्यारामाउन्टले निर्माण र मार्टिन स्कोरसिजले निर्देशन गरेको ‘किलर्स अफ द फ्लावर मुन’, अमेजन स्टुडियोको ‘साल्टबर्न’, युनिभर्सल पिक्चर्सको ‘ओपनहेइमर’, वार्नर ब्रोजको ‘ड्युन ः पार्ट २’, फोकर्स फिचर्सको ‘द होल्डओभर्स’, ए ट्वान्टी फोरको ‘द जोन अफ इन्ट्रेस्ट’, ‘अनाटोमी अफ अ फल’, नेटफ्लिक्सको ‘माइ डिसेम्बर’ र सोनी पिक्चर्सको ‘स्पाइडरम्यान ः एक्रस द स्पाइडर भर्स’ रहेका छन् ।

यसमध्ये अधिकांश फिल्मको विश्व प्रिमियर कान्स फिल्म फेस्टिभलमा भइसकेको छ भने अमेरिकाको ओसेज समुदायका वासिन्दाको श्रृंखलाबद्ध हत्याको यथार्थ कथावस्तुमा निर्माण भएको मार्टिन स्कोरसिज निर्देशित ‘किलर्स अफ द फ्लावर मुन’ यतिबेला निकै चर्चामा रहेको छ । कान्समा गत साता प्रिमियर भएदेखि यस फिल्मलाई लिएर दर्शकमाझ व्यापक पर्खाइ छ । फिल्ममा लियोनार्दो डिकाप्रियो र रोबर्ट डी नीरोको शीर्ष भूमिका रहेको छ ।

चर्चित पियानोबादक लियोनार्दो बर्नस्टाइनको कथावस्तुमा आधारित रहेको फिल्म ‘माएस्ट्रो’ यसै वर्ष प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार