भारतको ओडिसामा रेल दुर्घटना, २ सय ३७ को निधन


एजेन्सी, २० जेठ । भारतको आडिसामा रेल दुर्घटना भएको छ । सो दुर्घटछनामा परी कम्तीमा दुई सय ३७ जनाको निधन भएको छ ।

ओडिसाको बालासोर स्थित भएको रेल दुर्घटनामा परी नौ सयभन्दा बढी घाइते भएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

रेल दुर्घटना शुक्रबार राति नै भएको थियो । घाइतेको उद्धारका लागि दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको ओडिसाका प्रमुख सचिव प्रदीप जेनाले बताएका छन् ।

उक्त घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको एक भएको विभिन्न समाचारमाध्यमले जनाएको छ । यता स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार