चक्कु प्रहार गरी काका र भतिजीको हत्या


कपिलवस्तु, १८ जेठ । कपिलवस्तुमा चक्कु प्रहार गरी दुईजनाको हत्या गरिएको छ ।

जिल्लाको वाणगंगा नगरपालिका–६, मटेरियाका ७० वर्षीय बमबहादुर थारू र उनकी भतिजी १८ वर्षीया अञ्जली थारूको चक्कु प्रहार गरी हत्या गरिएको हो ।

उनीहरूलाई बिहीबार बिहान ९ बजेतिर रूपन्देहीको कञ्चन गाउँपालिका–२ का २२ वर्षीय मोहन थारूले मटेरियास्थित घरमै चक्कु प्रहार गरेर सख्त घाइते बनाएका थिए ।

बमबहादुरको जीतपुरस्थित सामुदायिक अस्पताल र अञ्जलीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको डिएसपी मीनबहादुर घलेले जानकारी दिए ।

दुवैलाई शरीरका विभिन्न ठाउँमा चक्कु प्रहार गरेर घाइते बनाइएको थियो । चक्कु प्रहार गर्ने व्यक्तिलाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको कारण खुल्न बाँकी छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार