सगरमाथा आरोही रञ्जित साह सम्पर्कविहीन


जनकपुरधाम, १८ जेठ । सगरमाथा आरोहणका लागि हिडेका जनकपुरधामका रञ्जितकुमार साह सम्पर्कविहीन भएका छन् ।

सगरमाथा आरोहणका लािग केहिदिन अघि गएका रञ्जित ८ हजार ७०० मिटरसम्म सफलरुपमा आरोहण गरेका थिए । तर त्यसपछि उनको जिपिएस ट्रयाकर अफ हुँदा सम्पर्कमा नआएको उनका दाई वैद्यनाथ साहले जानकारी दिए ।

रञ्जितको अवस्थाको बारेमा खोजबिन गरिदिन परिवारजनले सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।

रञ्जित यसअघिपनि २०७६ सालमा जनकपुरधामबाट साइकलबाट यात्रा गरी १९ दिनमा एभरेष्ट बेस क्याम्प पुगेका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार