काठमाडौँ, १८ जेठ । महिला टी–२० खेलमा नेपालले मलेसियासँग पुनः प्रतिस्पर्धा गर्ने भएको छ ।
पहिलो खेलमा पराजित भएपनि दोस्रो खेलमा विजयी भएको नेपालले आज पुनः मलेसियासँग खेल्न लागेको हो ।
आजको खेल नेपाली समय अनुसार बिहान ८ः ४५ बजेबाट सुरु हुने भएको छ । पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । आज नेपाल दोस्रो जीत निकाल्ने योजनासहित मैदानमा उत्रिदैछ ।
नेपाल र मलेसियाबीच अहिलेसम्म ५ महिला टी– २० आई खेल भइसकेका छन् । जसमध्ये नेपाल ४ र मलेसिया १ खेल जितेको छ ।


