काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुमगन कार्यालयले दुई दर्जन कम्पनीलाई कालो सूचीमा राखेको छ ।
कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर चितवन, पप्पु कन्स्ट्रक्सन, कोशी एण्ड न्यौपाने निर्माण सेवा, वाईपी कन्स्ट्रक्सनलगायत निर्माण कम्पनीहरु कालो सूचीमा परेका छन् ।
मोहोन न्यौपाने मुख्य व्यक्ति रहेको कलेज अफ इम्प्लोइमेन्ट प्रालि चितवनलाई उद्योग मन्त्रालय अन्तर्गतको ग्रामिण उद्यम तथा विप्रेषण आयोजना इटहरीको सिफारिसमा तीन वर्षका लागि कालोसूचीमा राखिएको जनाइएको छ ।
त्यस्तै सुमित रौनियार नेतृत्वको पप्पु कन्स्ट्रक्सन प्रालि र भावेश बोहोरा नेतृत्वको कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालि दुई वर्षसम्म कालोसूचीमा परेका छन् । भने पप्पु÷कोशी एण्ड न्यौपाने जेभीलाई संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखपरा र शहीद मार्ग सडक आयोजना लिवाङ रोल्पाले कालोसूचीमा राख्न सिफारिस गरेका थिए ।
त्यस्तै पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय र पुष्पलाल राजमार्ग आयोजना कार्यालय दैलेखको सिफारिसमा सुरेन्द्र प्रसाद श्रेष्ठ नेतृत्वको वाईपी कन्स्ट्रक्सन प्रालि ललितपुरलाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ ।
कालो सूचीमा परेका निर्माण व्यवसायी वा आपूर्तिकर्ताहरुले सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा कारवाही अवधिसम्म भाग लिन पाउँदैनन् ।


