जापानी प्रधानमन्त्रीद्वारा निजी सचिवबाट छोरालाई बर्खास्त


एजेन्सी, १६ जेठ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले प्रधानमन्त्रीको सरकारी निवासमा आफ्नो छोराले ‘अनुपयुक्त व्यवहार’ गरेपछि निजी सचिवबाट बर्खास्त गरेका छन् ।

प्रधानमन्त्रीका छोरा शोतारो किशिदाले गत वर्ष प्रधानमन्त्रीको सरकारी निवासमा आफन्तहरूलाई निम्त्याएर भोजभतेर गरेको जापानी विभिन्न सञ्चारमाध्यममा समाचार तस्बिरहरु सार्वजनिक भएपछि प्रधानमन्त्रीले छोरालाई पदबाट हटाउने घोषणा गरेका हुन् ।

उनले भने, “गत वर्ष सार्वजनिक स्थानमा उनले गरेको व्यवहार राजनीतिकरूपमा अनुपयुक्त थियो, उनलाई पदमुक्त गर्ने निर्णय भएको छ ।” यही वैशाख १८ गतेदेखि लागू हुनेगरी शोतारोले राजीनामा गर्ने जानकारीसमेत उनले दिए ।

समाचार सार्वजनिक भएपछि ३२ वर्षीय छोरा शोतारोलाई प्रधानमन्त्रीले हप्काएका थिए ।

तर विपक्षीहरूको निरन्तरको आलोचनाका कारण उनले पदमुक्त गर्ने निर्णयमा पुगे ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार