‘सकम्बरी’को सफलता मनाउँदै प्रकाश सपुत


काठमाडौँ, १६ जेठ । पछिल्लो गीति भिडियो ‘सकम्बरी’ले देशमा चर्चा बटुल्दै गर्दा प्रकाश सपुतले आफुलाई सचेत पागलको संज्ञा दिएका छन् । गीतलाई लिएर भइरहेका विवाद र आरोपबारे जवाफसमेत दिने प्रयास उनले गरेका छन् । एक महिनाअघि रिलिज भएको गीतलाई अहिलेसम्म ३ करोड ३१ लाख पटक हेरिएको छ ।

प्रकाश अहिले स्वदेश फर्किएका छन् र उनकै उपस्थितिमा आइतबार बेलुका काठमाडौंमा ‘सफलता र समीक्षा’ कार्यक्रम गर्दै ‘सक्सेस सेलिब्रेसन’ गरियो । विभिन्न अतिथिलाई बोलाएर गीतमाथि विमर्श चलाइयो । स्वयं प्रकाशले पनि गीत र यसलाई लिएर भएका आलोचनाको जवाफ दिए ।

नेपाल लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले गायक सपुतको व्यक्तित्व र सिर्जनशीलतामाथि प्रशंसा गरिन् ।

सपुतको गीतको विरोधमा संस्थामा उजुरी लिएर केही आए पनि आफूहरुले चिया खुवाएर सम्झाइबुझाइ पठाएको थापाले बताइन् ।

उनको जवाफमा प्रकाशले आफू सचेत पागल भएको बताए । भिडियोकी अभिनेत्री कुसुम शर्मालाई पनि मिडियाले प्रश्न छरे । पछिल्लो पटक प्रकाशका भाइ सुनिलसँग नाम जोडिएकोतर्फ लक्षित गर्दै सोधिएको जिज्ञासामा कुसुमले जोसँग काम गर्ने, त्यहीसँग नाम जोड्ने चलन गलत रहेको र हल्ला अफवाह रहेको प्रतिक्रिया दिइन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार