आज प्रधानमन्त्रीले जवाफ दिने


काठमाडौँ, १३ जेठ । प्रतिनिधि सभा बैठक आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन् ।

आज दिउँसो ४ बजेदेखि बस्ने प्रतिनिधिसभा बैठकमा नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका हुन् ।

प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल भइरहेको छ । शुक्रबारको बैठकमा भने एमालेले अवरोध गर्दै आएको थियो ।

नीति तथा कार्यक्रम पारित गर्ने तयारीमा रहेका बेला नेकपा एमालेको अवरोधका कारण बैठक लम्बिएको हो ।

प्रधानमन्त्री प्रचण्डले जवाफ दिएपछि यही जेठ ५ गते संसदमा पेश भएको नीति तथा कार्यक्रम पारित हुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार