एजेन्सी, ६ जेठ । दुई ठूला भारतीय मल्टिप्लेक्स सिनेमा चेनहरु पीभीआर र आइनक्सबीच मर्जर हुने भएको छ ।
मंगलबारदेखि फ्रान्समा सुरु भएको विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा पीभीआर र आइनक्स अर्थात दुई ठूला भारतीय सिनेमा चेनबीच मर्जर हुने भएको हो ।
मर्जरका लागि दुई मल्टिप्लेक्सबीच लामो समयदेखि प्रयास भएको थियो । भने मर्जरका लाथि आन्तरिक कार्यहरु समेत अघि बढेको बताइएको छ । दुई मल्टिप्लेक्सबीच मर्जरपछि यो चेनको नाम ‘पीभीआर आइनक्स पिक्चर्स’ रहने छ ।
अब पीभीआर आइनक्स लिमिटेडसँग भारत र श्रीलंकाको ११५ सहरका ३६१ हलमा १ हजार ६८९ पर्दा हुनेछन् । मर्जरपछि यो मल्टिप्लेक्स चेन भारतको सबैभन्दा ठूलो ‘इन्डिपेन्डेन्ट डिष्टिब्युटर्स’ समेत बनेको छ । जसको नाम ‘पीभीआर आइनक्स पिक्चर्स’ राखिएको हो ।
मर्जरपछि यस मल्टिप्लेक्सले भारतीय पर्दामा ४३ प्रतिशत हिस्सा ओगेटेको भेराइटी म्यागजिनले केही दिन अघि जनाएको थियो ।


