आईडब्लुएल: गोकुलम केरला फाइनलमा


एजेन्सी, ६ जेठ । नेपाली राष्ट्रिय महिला फुटब टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला भारतमा जारी इन्डियन वुमन्स लिग (आईडब्लुएल) फुटबलको फाइनलमा पुगेको छ ।

गोल मेसिस सावित्राले दुई गोल गर्नुका साथै दुई असिस्ट गरेपछि साविक विजेता गोकुलम केरलाले दोस्रो सेमिफाइनलमा शुक्रबार राति इस्टर्न स्पोर्टिङ युनियनलाई ५–१ ले हराएको थियो ।

गोकुलमका लागि इन्दुमतिले पनि दुई गोल गरेकी थिइन् भने एक गोल भिभिएन अडेजेईको नाममा रह्यो ।

गोकुलम केरलाले अब उपाधिका लागि नेपाली खेलाडीद्वय सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार्ट एफसीसँग खेल्ने भएको छ ।

अहमेदवादमा भएको दोस्रो सेमिफाइनलमा गोकुलम केरालले एक गोलले पछि परेको अवस्थामा पुनरागनमा गर्दा पाँचै गोलमा सावित्राको योगदान गरेको थियो भने इन्दुमतिले पेनाल्टीमा पहिलो गोल गर्दा सावित्रालाई नै फाउल भएको थियो ।

खेलको १८औं मिनेटमा युमनाम कमला देवीले गोल गर्दै इस्टर्न स्पोर्टिङ युनियनलाई अग्रता दिलाइन् । तर लामो समयसम्म भने टिकेन ।

३१औं मिनेटमा गोकुलम केरलाकी इन्दुमति काथिरेसनले बराबरी गोल गरिन् । पहिलो हाफको इन्जुरी टाइममा सावित्राले गोल गर्दै गोकुलमको अग्रता दोब्बर पारेकी थिइन् ।

दोस्रो हाफमा गोकुलमले तीन गोल सहित सावित्राकै पासमा ५५औं मिनेटमा भिभियन र ७०औं मिनेटमा इन्दुमथिले गोल गरिन् भने सावित्राले खेलको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गरिन् ।

जारी लिगमा ९ खेल खेल्दा ५ खेलमा ह्याट्रिक गरेकी सावित्राले सर्वाधिक २८ गोल गरेकी छन् भने उनले एकै खेलमा ७ गोलसम्म गरिन् ।

इन्डियन वुमन्स लिगको उपाधि सावित्राले दुई पटक जितिसकेकी छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार