एजेन्सी, ३ जेठ । बलिउड बक्स अफिसमा एक हप्तामा कुन चलचित्रले कति कमाई ग¥यो भनेर सबैको ध्यान त्यस तर्फ हुन्छ । यस साता अपत्यारिलो रूपमा एउटा मलायम फिल्मले बक्स अफिसमा करिब १ सय करोडको हाराहारीमा कमाई गरिरहेको छ ।
एउटा वास्तविक घटनालाई पर्दामा उतारिएको चलचित्र ‘२०१८, एभरीवान इज अ हिरो’ नामको मलायम चलचित्रले अकल्पनीय रूपमा ग्रस कलेक्सन गरेपछि यसको तारिफ गर्नेहरुको संख्या दिनानु बढ्दै गएको छ । यो फिल्म हेरेपछि फिल्म क्रिटिक्सहरुले पनि राम्रो प्रतिक्रिया दिइरहेको विभिन्न भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
‘२०१८ः एवरीवन इज ए हीरो’ विश्व भरीका फिल्म घरहरूमा धुम मच्चाउन सफल भएको छ । प्रदर्शनमा आएको ९ दिनमा नै मलायम भाषीहरुबाट लगभग ५।६ करोडको कलेक्सन गरेको छ । मोलीउडको इतिहासमा यो पहिलो पटक यति धेरै कलेक्सन गरेको जनाईएको छ ।
यसका साथै, विश्वभरीवाट भने ८० करोड भन्दा बढीको कमाई गरिसकेका छ र पब्लिक माउथ प्रमोसनका कारण झन्डै १०० करोडको हाराहारीमा चलचित्रले कमाइ गर्ने निश्चित देखिन्छ । यो फिल्म जूड एन्थनी जोसेफले निर्देशन गरेका छन् ।
करिब १२ करोड रुपैयाँमा निमार्ण गरिएको चलचित्रले १ सय करोड रुपैयाँ बराबर कमाई गरेपछि यस फिल्मले झनै चर्चा परिचर्चा हुन थालेको छ । यो फिल्म केरलामा गएको एउटा बाढीको घटनामा आधारित छ ।


