रेशम चौधरीले बोलाए आफ्ना पार्टीका नेतालाई डिल्ली बजार


काठमाडौँ, ३ जेठ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले आफ्ना पार्टीका नेताहरुलाई डिल्ली बजार कारागार बोलाएका छन् ।

सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसलालाई सदर गरेपछि चौधरीले सोही विषयमा छलफल गर्न नेताहरुलाई कारागारमा बोलाएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका महासचिव रतन थापाले चौधरीले सर्वोच्च अदालतको फैसलाबारे छलफल गर्न बिहान १० बजे डिल्ली बजार कारागार बोलाएकको पुष्टि गरेका छन् ।

उनका अनुसार डिल्ली बजार भेटघाटका क्रममा संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धमा पनि छलफल हुुने जनाएका छन् ।

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक पनि आजै बसेर सरकारबारे धारणा बनाउने उनको भनाइ छ ।

संसदीय दलका नेता घनश्याम चौधरीले बैठक बस्ने कुरा भएपनि तय भने भईनसकेको बताए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार